काठमाडौं । केही समयअघि मात्र राप्रपा परित्याग गरि एमालेमा प्रवेश गरेकी लोक गायिका एवम् सञ्चारकर्मी कोमल वलीले गृह जिल्ला दाङबाट आसन्न निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

टिकट पाउने आशामा एमाले प्रवेश गरे पनि एमालेले उनकालागि टिकट उपलब्ध गराउन नसकेपछि वलीले वागी उम्मेदवारी दर्ता गराएकी हुन् । विहीवार उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

दाङ क्षेत्र नम्बर ३ का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी वलीको दर्ता नम्बर ७ रहेको छ । ७ उनको लक्की नम्बर हो ।

Comments