हेटौंडा । म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरेको सोमबार दोडिने क्रममा मृत्यु भएको छ ।

हुप्रचौरमा म्यादी प्रहरीको भर्ना छनोट कार्य भइरहेको छ । सोही क्रममा दौड परीक्षणमा सहभागी भएका घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार झाले जानकारी दिए ।

सोमबार दिउँसो करिब ३ बजे दौडमा सहभागी भएका घिमिरे केही समय दौडिएपछि हुप्रचौरमा ढलेका थिए । उनलाई उपचारका लागि हेटौंडा –११, थाना भर्याङमा रहेको चुरेहिल अस्पताल पुर्यएको थियो । चुरेहिल अस्पतालले घिमिरेलाई साँझ करिब ५ बजे मृत घोषणा गरेको झाले जानकारी दिए ।

Comments