काठमाडौँ । डा.गोविन्द केसीले १४ दिन लामो अनशन तोडेका छन् । चिकित्सा शिक्षा विधेयक संशोधन गरेर पास गर्ने सहमति सरकारसँग भएपछि डा. केसीले १४ दिन लामो अनशन तोडेका हुन् ।

डा. केसी र सरकारबीच चिकित्सा शिक्षा विधेयक पारित गर्ने, आईओएमको शुल्क घटाउने, त्रिभुवन र काठमाडौँ विश्वविद्यालयको अनियमिततामा संलग्नमाथि छानबिन गरी कारवाही चलाउने, मेडिकल कलेजको लाइसेन्स दिँदा जनसंख्या र भूगोललगायतलाई आधार बनाउने लगायत छन् ।

डा. केसी र सरकारका प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गराउन तथा चिकित्सा शिक्षा विधेयक संसदबाट पास गराउन माग गर्दै डा। केसी अनशन बसेका थिए । डा. केसीको मागबारे प्रमुख दलले सहमति नजुटाउँदा संसदको अवधि सकिनुअघि विधेयक पास भएको थिए ।

सरकारले विधेयक पास गर्ने लिखित सहमति गरेपछि डा। केसीले १० वर्षीया बालिका रोजिना तामाङको हातबाट मह खाएर अनशन तोडेका हुन् ।

Comments