काठमाडौँ । नेकपा माओवादी केन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरिएको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेपछि माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको हो ।

सरकारबाट बाहिरिने बारेमा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्माले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा लगेपछि माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । राप्रपाबाट सरकारमा गएकाहरुलाई माओवादी केन्द्रले लिएका मन्त्रालय दिने तयारी देउवाले गरेपछि माओवादी सरकारबाट हट्ने भएको हो ।

Comments