एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबिरुद्ध मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाउँदै थप नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा इरानले अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाउँदै थप नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले पारमाणविक कार्यक्रम सीमित पार्न सन् २०१५ मा भएको सम्झौताको तेहरानले पटक–पटक उल्लंघन गरेको ट्रम्पको आरोप लगाएका छन् ।

तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले उक्त सम्झौताको इरानले पूर्ण पालना गरिरहेको बताउँदै आएका छन् । ट्रम्पले तत्काल आफूले इरानसँगको सम्झौता खारेज नगरे पनि त्यसलाई प्रमाणीकरण नगर्ने बताएका छन् ।

शुक्रबार अपरान्ह ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले इरानसँगको पारमाणविक संझौतालाई अनुमोदन नगर्ने र त्यसमा फेरबदल गर्ने बारे अमेरिकी कंग्रेस र अमेरिकाका मित्र राष्ट्रहरुसँग छलफल गरिने पनि बताए ।

दुई वर्षअघि आफ्ना पूर्ववर्ती बराक ओबामाले नेतृत्व गरेको प्रशासनले इरानसँग गरेको आणविक सम्झौताको पनि कडा आलोचना गरे । इरान सम्बन्धी नयाँ रणनीति सार्वजनिक गर्दै उनले इरानले परमाणु अस्त्र हासिल गर्ने सबै बाटो वाशिङ्गटनले बन्द गरिदिने पनि बताए । उनले इरानमाथि आतंकवादलाई बढावा दिएको आरोप पनि लगाए ।

Comments