काठमाडौं । नेपालमा कुल जनसंख्याको ६१ प्रतिशतले इन्टरनेट प्रयोग गर्न थालेका छन् ।

टेलिकम सेवाप्रदायकको प्राथमिकता, नेपाल नेपाल टेलिकम र एनसेलले फोरजी सेवा बढाउँदै लानुलगायत कारणले ६१ प्रतिशत जनसंख्यामा इन्टरनेट सेवा पुगेको हो ।

टेलिकमको एडीएसल, विभिन्न इन्टरनेट, मोबाइल डाटा, इन्टरनेट सेवाप्रदायकको वायरलेस एवं फाइबर सेवाले इन्टरनेटको पहुँच बढेको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एक करोड ६१ लाख ८६ हजार प्रयोगकर्तासमक्ष इन्टरनेटको पहुँच पुगेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments