काठमाडौं । दशैंको मौका छोपी सार्वजनिक यातायातको टिकटमा कालाबजारी  गर्ने, तोकिएकोभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारबाही हुने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले दशैं मान्न हिँडेका यात्रुसँग नराम्रो व्यवहार गर्ने यातायात व्यवसायी, सवारी चालक र परिचालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानुनी कारबाहीको दायरामा ल्याइने बताए ।

‘यातायात व्यवस्था विभागले यातायात व्यवसायी र सरोकार भएका सबै निकायसँग बैठक गरी दशैंका लागि गत भदौं २२ गतेदेखि सार्वजनिक यातायातको टिकट खुल्ला गर्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राखी टिकट खोलेनन्, टिकट खोलाउन पनि मन्त्रालयले बैठक राखेर छलफल गराउनुपर्ने अवस्थाले यस क्षेत्रमा भएका बेथितिको संकेत गर्छ,’ उनले भने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments