काठमाडौँ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको जारी मतगणनाका क्रममा १०९ स्थानको नतिजा आउँदा कांग्रेसले ३२ स्थानमा जित निकालेको छ । गत सोमबार भएको निर्वाचनपछि जारी मतगणनाको नतिजा आइरहकँदा कांग्रेसले अहिलेसम्म ३२ स्थानीय तहमा जित निकाल्न सफल हुँदै पहिलो स्थानमा उभ्याएको हो ।

दोस्रो नम्बरमा भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले अहिलेसम्म २१ स्थानमा विजय हाँसिल गर्दै दोस्रो स्थानमा पुर्याएको छ ।

यस्तोमा दुई नम्बर प्रदेशको दोस्रो र स्थानका लागि तीन दलको भिडन्त हुने देखिएको छ । २१ स्थान जितेको फोरम तथा १९–१९ स्थान जितेका माओवादी र राजपाबीच दोस्रो स्थानका लागि भिडन्त हुने देखिएको छ । अब २७ वटा स्थानको मत गन्ने क्रम जारी रहेको छ ।

तेस्रो स्थानमा भने राष्ट्रिय जनता पार्टी नेपाल र नेकपा माओवादी केन्द्र रहेका छन् । यी दुवै पार्टीले १९÷१९ स्थानमा जीत दर्ता गराइसकेका छन् ।

अघिल्ला स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमाले भने १२ स्थानमा मात्रै जित दर्ता गर्दै चौथो स्थानमा खुम्चिएको छ । एमालेले हारको कारण सत्तारुढ दलको हस्तक्षेप भएको दाबी गरेको छ ।

त्यसैगरी विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालले अहिलेसम्म तीन स्थानमा जित दर्ता गराएको छ । अर्कातिर हरिचरण शाह नेतृत्वको नेपाली जनता दलले पनि दुई स्थान जितेको छ । त्यसैगरी डा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले पनि एक स्थानमा जित दर्ता गराएको छ ।

Comments