काठमाडौँ । नेपाली फुटबल टिम भुटानसँग इतिहासमै पहिलो पटक पराजित भएको छ । साफ यू–१८ फुटबल प्रतियोगिता अन्तरगत बुधबार भुटानको राजधानी थिम्पूस्थित पाल्जोर रंगशालामा भएको खेलमा नेपाली टोली १–० गोलअन्तरले पराजित भएको हो ।

नेपाललाई पराजित गर्ने क्रममा खेलको ८७ औँ मिनेटमा आयोजक भुटानले पेनाल्टीबाट गोल गरेको हो । फुटबलका कुनै पनि फर्म्याटमा नेपाली टिमलााई पहिलो पटक हराउने क्रममा भुटानका लागि ओर्गेन वाङ्चुकले पेनाल्टीबाट गोल गरेका थिए ।

यसअघि उमेर समूह र सिनियरका कुनै पनि फुटबल प्रतियोगितामा भुटानविरुद्ध नेपाल हावी हुँदै आएको थियो । यसअघिका अधिकांश खेलमा एकपक्षीय नतिजा निकालिरहेको नेपाललाई पराजित गरेपछि भुटानी फुटबल टिम उत्साहित भएका छन् ।

यो प्रतियोगितामा नेपाल, आयोजक भुटान, बंगलादेश, भारत र माल्दिभ्सका टोली सहभागी भएका छन् ।

Comments