काठमाडौँ । तेल भण्डारणका लागि भएको जग्गा खरिदमा भ्रष्टाचार प्रकरणम मुछिएका नेपाल आयल निगममा कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदच्यूत गरेको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलको ठाडो प्रस्तावमा खड्कालार्इ पदच्यूत गरिएको हो ।

सातवटै प्रदेशमा आयल निगमको तेल भण्डारणका लागि भएको जग्गा खरिदका क्रममा कम्तिमा पनि १ अर्ब ८० करोड भ्रटाचार भएको भन्दै खड्का माथि कारबाही गर्न सरकारलाई दबाब परेको थियो । सरकारले आपूर्ति मन्त्री मण्डललार्इ असहयोग गरेको भन्दै खड्कालार्इ पदच्यूत गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रष्टाचार विवादमा तानिएका खड्कालाई निलम्बन गर्ने निर्णय गरिएको सरकारका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो ।

खड्कामाथि कारबाही गर्न यसअघि व्यवस्थापिका संसदका चारवटा समितिले सरकारलाई निर्देशन दिएका थिए । तर, शक्ति केन्द्रको आडभरोस पाएका खड्काले अन्तिमसम्म बच्ने कोशिश गरेका थिए ।

Comments