तलिन । युरोपियन युनियनले उत्तर कोरियाबिरुद्ध थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी त्यस संस्थाका कूटनीतिक प्रमुखले दिनुभएको छ ।

उहाँले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा युरोपियन युनियनले हाल कायम गरेको आर्थिक नाकाबन्दीलाई थप कडा बनाउने बारेमा तयारी सुरु गरेको समाचारमा उल्लेख गरिएको छ ।

उक्त संस्थाका कूटनीतिक विभग प्रमुख फेडरिका मोगारिनीले भन्नुभयो, ‘उत्तर कोरियाबिरुद्ध थप नाकाबन्दी लगाउनेबारे मैले मन्त्रिपरिषदका सदस्यहरुलाई भनेको छु, अब यसले छिट्टै नै पूर्णता पाउने छ ।’

उत्तर कोरियामाथि विभिन्न देश र संघसंस्थाले थप नाकाबन्दी र कारबाहीको घोषणागर्ने जनाएका छन् । आणविक परीक्षणको विरोध गर्दै आएको युरोपियन युनियनले पनि उसविरुद्ध नाकाबन्दीको तयारी गरेको हो ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउनुका साथै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै कडा कारबाहीको पनि प्रस्ताव गरेको छ । एएफपी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments