काठमाडौं ।  नेपाली सेनाले काठमाडौं–तराई (फास्ट ट्रयाम) निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन १० स्थानमा शिविर राख्ने भएको छ । पाँच स्थानमा सैन्य शिविर राखिसकेको सेनाले त्यसलाई दोब्बर गर्न लागेको हो ।

‘फास्ट ट्रयाक’ निर्माणका लागि हजार सैनिक परिचालन गर्न लागेको सेनाले हरेक शिविरमा एक सयभन्दा बढी सैनिक राखी निर्माणको काम अघिबढाउन लागेको प्रवक्ता तथा सहायक रथी झंकरबहादुर कडायतले बताए ।

समथर क्षेत्रमा २५ मिटर (पिच हुने भाग) र उच्च पहाडी क्षेत्रमा २घ मिटर चौडाको हाइवे रहने फास्ट ट्रयाक चार लेनको हुनेछ । बीचमा फराकीलो डिभाइडर रहने छ । सरकारले लामो विवादपछि फास्ट ट्रयाक निर्माण जिम्मा सेनालाई दिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments