सार्वजनिक लेखा समितिले सरकारका २६ वटै मन्त्रालयमा भएको बेरुजु विवरण तत्काल समितिमा बुझाउन निर्देशन दिएको छ ।

समितिले भदौं ८ गते सरकारका मुख्य सचिवलगायत सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर विवरण बुझाउन आग्रह गरेको थियो । तर, आज बिहान बसेको बैठकमा समितिका सदस्यहरुले अहिलेसम्म पनि कुनै मन्त्रालयले बेरुजु विवरण नबुझाएको भन्दै आक्रोस व्यक्त गरेका थिए । सदस्यहरुको आक्रोसपछि समितिले तत्काल विवरण बुझाउन मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य रामहरि खतिवडाले जानकारी दिनुभयो ।

यस्तै समितिले अखिल नेपाल फुटवल संघ एन्फालाई २४ गतेभित्र बैक खातादेखि सम्पूर्ण लेखापरीक्षणको रिपोर्ट बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ ।

Comments