जनकपुर । स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिँदै गर्दा तरार्इ-मधेसमा पार्टी परिवर्तन गर्ने क्रम तीब्र बनेको छ । शुक्रबार मात्रै राष्ट्रिय जनता पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको लहर नै देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राजपाका नेताहरुले नेतृत्व र नीतिप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने नेता कार्यकर्ताहरुले फोरम नेपालमा प्रवेश गर्ने क्रम जारी छ ।

यसैक्रममा, राजपाका केन्द्रीय सदस्यको नेतृत्वमा धनुषा र महोत्तरीका सयौं नेता कार्यकर्ता फोरम नेपाल प्रवेश गरेका छन् । केन्द्रीय सदस्य महतोले पार्टी परित्याग गरेसँगै क्षेत्रमा राजपालाई ठूलो धक्का लागेको छ ।

शुक्रबार धनुषाको ढल्केबरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपाका केन्द्रीय सदस्य लक्ष्मी महतोले राजपाले संविधान संशोधन विधेयक फेल गराएर मधेशलाई धोका दिएको भन्दै फोरम नेपाल प्रवेश गरेको प्रतिक्रिया दिए ।

नेपाली कांग्रेसका पूर्व गाविस अध्यक्ष महेन्द्र यादव, एमाले नेता कैलाश महतोको नेतृत्वमा स्थानीय नेता कार्यकर्ताहरुको समूह फोरम नेपालसँग आबद्ध भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी नेता कार्यकर्ताहरुलाई फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments