काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तत्कालीन किष्ट बैंक घोटाला काण्डमा मुछिएकी देवकी वस्ताकोटीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरीले वस्ताकोटीलाई बिहीबार मोरङको टंकी सिनवारीबाट पक्राउ गरेको छ । साविकको भक्तपुर जिल्ला दुवाकोट गाबिस–३  घर भएकी वस्ताकोटीलाई फैसला कार्यान्वयनको लागि मोरङ जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ । अदालतको आदेश लगत्तै कैद भुक्तानका लागि काराकार कार्यालय मोरङ पठाइएको छ ।

काठमाडौंको अनामनगर स्थित जम्को प्रकाशन प्रालिको सञ्चालक रहेकी वस्ताकोटीले २०६७ सालमा किष्ट बैंकका तात्कालिन प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवालीको मिलेमतोमा कमसल धितो प्रयोग गरि १२ करोड रुपैयाँ ऋण लिएकी थिइन् ।

वस्ताकोटीलाई बैंकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटनले चार बर्ष कैद र चार करोड २६ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरिवाना लिने भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments