मेलबर्न । अष्ट्रेलियाको लेबर पार्टीको टार्नेट शाखाको अध्यक्ष पदमा डा. महेश भण्डारी चयन भएका छन् । मेलबर्न निवासी भण्डारी लेबर मेलबर्नको यो तहमा पुग्ने पहिलो नेपाली मूलका अष्ट्रेलियन हुन् ।

गत साता सम्पन्न भएको लेबर पार्टीको टार्निट ब्रान्चको निर्वाचनमा डा. भण्डारी सर्वसम्मत अध्यक्ष चयन भएका छन् । अष्ट्रेलियाको राजनीतिक क्षेत्रमा त्यति आउन नसकेको नेपाली समुदायमा उनको यो नियुक्तीले उत्साह ल्याइदिएको छ ।

१५ वर्ष अगाडी अध्ययनको सिलसिलमामा अष्ट्रेलिया आएका डा. भण्डारीले मुलतस् विश्वविद्यालय स्तरमा प्राध्यापन गर्छन् । उनले नेपाली शैक्षिक परामर्शदाताहरुको संगठन उक्काको उपाध्यक्ष तथा नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

सबैमाझ स्वच्छ र मिलनसार छवि बनाउन सफल डा. महेश भण्डारीको नेपालमा घर सुदुर पश्चिममा हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments