काठमाडौं । आज भाद्रकृष्ण औंशी अर्थात् कुशे औंसी पर्व हो । हिन्दु धर्मशास्त्र अनुसार वर्षभरी देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने कुश आज घर घरमा भित्र्याउने चलन छ । आजको दिन कुश घरभित्र राख्दा घर पवित्र हुने विश्वास छ ।

यस्तै आज बुवाको सम्मान गर्दै मिष्ठान्न भोजन तथा उपहार दिई मुख हेर्ने पनि गरिन्छ । बुवा नहुनेहरुले पितृको तृप्ती तथा कल्याणको कामना गर्दै काठमाडौको गोकर्णमा रहेको गोकर्णेश्वर मन्दिरमा गई श्राद्ध तर्पण गर्ने पनि चलन छ ।

आज नै नेपालका राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती पनि मनाईंदैछ । विक्रम सम्बत् १९२३ साल भाद्र कुशे औंशीका दिन जन्मेर १९५३ साल भाद्र कुशे औंसीकै दिन निधन भएका मोतीराम भट्ट माध्यमिक कालीन नेपाली साहित्य र श्रृंगारिक धारका प्रवर्तक मानिनु हुन्छ । उहाँले कबिता, गीत, गजल, नाटक र गद्य लेखेर नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments