नियमित स्वास्थ्य परीक्षणका लागि भारतमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ ।

पाँच वर्षअघि मृगौलाको प्रत्यारोपण गर्नुभएका ओलीले भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा ६–६ महिनामा स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ । गत माघ यता स्वास्थ्य उपचार र परीक्षणका लागि मात्रै ओली ४ पटक विदेश गईसक्नुभएको छ ।

भारतमा रहँदा उहाँले भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायतका नेतासँग भेटघाट गर्नुभएको बताइएको छ । ओली दिउँसो पौने तीन बजे काठमाडौ आईपुग्नुहुनेछ ।

Comments