नेपालगन्ज । पश्चिम नोपलका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन ।

आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे । नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए । तर, बाढीपीडितको उद्धार हुन सकेन ।

बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी फसेका छन् । उनीहरु ४८ घण्टादेखि उद्धारको प्रतीक्षामा छन् । स्थानीय रामबहादुर चौधरीले हेलिकोप्टरलाई हात हल्लाएर उद्धार गर्न संकेत गरे पनि फर्केर गएको बताए । ‘हामी हिजो (शनिबार) दिउँसोदेखि यहाँ छौं,’ उनले टेलिफोनमा भने, कहिलेसम्म बस्नु पर्ने हो थाहा छैन ।’ नागरिकमा समाचार छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments