काठमाडौं । अविरल वर्षासँगै आएको  बाढी र पहिरोको कारण अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ भने करिब एक दर्जन मानिस हराइरहेका छन् । सरकारी आँकडा अनुसार बाढी पहिरोका कारण अहिलेसम्म देशका विभिन १२ जिल्लामा गरी ४४ जनाको मृत्यु भएको हो ।

पछिल्लो तथ्यांकअनुसार सुनसरीमा ८, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सर्लाही, मकवानपुरमा ८, पाँचथर र बाँकेमा ३/३, बारा र दाङमा २/२ पाल्पा र बर्दियामा एक, एक जनाको मृत्यु भएको छ ।

बाढीका कारण देशभरको जनजीवन पनि कष्टकर बनेको छ । खोला तथा नदीको पानी  गाँउमा पस्दा झापा, मोरङ सुनसरी, पाँचथर, सप्तरी, सिरहा, सर्लाही, पर्सा, धनुषा बाँके, बर्दिया, दाङ, सुर्खेतलगाएतका जिल्ला डुबानमा परेका छन् । बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क, बिजुली बत्ति र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको छ ।

करिब एक दर्जन हराइरहेको प्रहरीले जनाएको छ । पहिरोले ठाउँ ठाउँमा राजमार्ग अबरुद्ध हुँदा सवारी आवागमन ठप्प छ । उद्धारका लागि देशका विभिन्न ठाउँमा ५ हजार ६ सय नेपाल प्रहरी, १ हजार सात सय सशस्त्र प्रहरी बल र एक हजार भन्दा बढि नेपाली सेना जना गरी जम्मा ८ हजार ३०० जना तालिम प्राप्त सुरक्षाकर्मीलाइै प्रभावित क्षेत्रमा खटाइएको छ । लगातारको वर्षातका कारण उद्दार र राहतमा कठिनाई भएको बताइएको छ ।

पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्मै आएसंगै देशभर अस्वाभाविक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार बेलुकीसम्म मुलुकका धेरै भागमा भीषण वर्षा हुने अनुमान गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments