तेल चोरी प्रकरणमा व्यवसायीहरुलाई मुद्धा चलाएको भन्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले भदौ २१ गतेबाट आन्दोलन थाल्ने र सुनुवाइ नभए भदौ ३१ गते देशभरका ट्यांकरको साँचो आयल निगममार्फत सरकारलाई बुझाउने बताएको छ । महासंघका अध्यक्ष खगेश्वर बोहराले ढुवानी नियामवली अनुसार कार्य गर्दा पनि तेल चोरी प्रकरणमा समातिएका व्यक्तिहरुको हवला दिएर ट्यांकर धनीलाई झुठा मुद्धा लगाएको दावी गर्नुभयो  । गत बैशाख १६ गते भैरहवा क्षेत्रमा तेल चोरीमा ट्याकरहरु समातिएछि स्थानीय प्रशासनले १७ जना व्यवसायीलाई वारेन्ट जारी गरेको छ ।

Comments