काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल सांसदहरूको टोलीसहित शुक्रबार प्रजातान्त्रिक जनगणतन्त्र कोरिया प्रस्थान गर्नुभएको छ ।

अमेरिकासँग तनाव बढिरहेका बेला प्रजग (उत्तर) कोरिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो ।

‘इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पेक्तु’ नामक कार्यक्रममा सहभागी हुन नेपाल सांसदहरुको नेतृत्व गर्दै जानुभएको हो ।

टोलीमा नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल र नेपाल परिवार दलका एकनाथ ढकाललगायत सांसद हुनुहुन्छ । टोली एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments