काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

गैरकानूनी रुपमा थुनामा राखेको भन्दै परेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीशहरु दिपककुमार कार्की, दिपकराज जोशी, केदारप्रसाद चालिसे, अलिन कुमार सिन्हा, शारदाप्रसाद घिमिरेको पूर्ण इजलासले यस्तो फैसला सुनाएको हो ।

सर्वोच्चको पूर्ण इजलासले अख्तियार दुरपयोग अनुसन्धान आयोगबाट कर फछ्र्यौट आयोगका पदाधिकारीविरुद्व विशेष अदालतमा दर्ता भ्रष्टाचार मुद्दा भने अघि बढ्ने सर्वोच्चको ठहर रहेको छ ।

आयोगका पदाधिकारीबिरुद्ध अख्तियारले १० अर्ब दुई करोड रुपैयाँ विगो दाबी गर्नुलाई भने सर्वोच्चले संवैधानिक व्यवस्था वितरित भएको ठहर गरेको छ ।

शर्मालाई अख्तियारले कर निर्धारणमा हिनामिना गरेको भन्दै गत जेठ १९ गते पक्राउ गरेर साउन १ गते विशेष अदालतमा भ्रष्टाचार मुद्धा चलाएको थियो । त्यसबिरुद्ध शर्मा सर्वोच्च गएपछि न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

त्यसपछि सर्वोच्चको पूर्ण इजलासले शर्मालाई अख्तियारको हिरासतबाट न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो ।  यो मुद्दामा अभियुक्त बनाइएका उमेश ढकाल र लुम्बध्वज महत भने अझै फरार रहेका छन् । उनीहरुलाई अख्तियारले हाजिर हुन सार्वजनिक सूचना निकालेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments