काठमाडौं । राजधानी काठमाडौं प्रवेशको एउटा प्रमुख नाका कोटेश्वरमा दिनहुँ बिहान बेलुकी कार्यालय समयमा लामो समय ट्राफिक जाम हुँदा कर्मचारी, यात्रुलगायत सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

६ लेनको सडक खण्ड हुँदा पनि ट्राफिक जाम किन हुन्छ र कसरी हटाउने भन्नेबारे कसैले चासो लिएका छैनन् । ट्राफिक प्रहरी महाशखाले कोटेश्वर क्षेत्रमा मात्र ५१ जना ट्राफिक प्रहरी खटाएको छ । तापनि, जाम भने जस्ताको तस्तै रहेको सवारीचालकदेखि यात्रुसम्म बताउछन् ।

जामको मुख्यकारण कोटेश्वरबाट धुलिखेल, सिन्धुली–बर्दिबास हुँदै पूर्व जाने लामो दूरीका सवारीसाधन हुन् । बर्दिबास भएर चल्ने सबैजसो सवारीसाधनलाई कोटेश्वरको ‘रुट परमिट’ दिइएको छ । महाशाखाका अनुसार ४० रुटका सवारीसाधन कोटेश्वर रुट भएर चल्छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments