एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायलाई सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाउने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले तेस्रो लिंगी समुदायले सेनामा कुनै पनि पदमा रहेर काम गर्न नसक्ने आरोप लगाएका छन् । ट्रम्पले ट्वीट मार्फत सैन्य विज्ञसँगको सल्लाहमा तेस्रो लिंगीका कारण सेनामा स्वास्थ्य खर्च निकै बढ्ने तथा विभिन्न खालको अवरोध आउने भएकाले उनीहरुलाई सेनामा काम गर्न नदिइने भएको उल्लेख गरेका छन् । यसअघि गएको वर्ष त्यसबेलाका राष्ट्रपति बाराक ओबामाले तेस्रो लिंगी समुदायलाई सेनामा खुला रुपमा काम गर्न पाउने व्यवस्था लागु गरेका थिए । गएको जुनमा रक्षा मन्त्री जेम्स म्याट्टिसले सेनामा तेस्रो लिंगी समुदायको भर्ती ६ महिना ढिलो गर्ने बताएका थिए ।

ट्रम्पले ट्वीट मार्फत गरेको यो घोषणा तत्काल कार्यान्वयन भने नहुने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

Comments