काठमाडौँ । भारतको १४ औ राष्ट्रपतिमा भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द निर्वाचित भएका छन् ।

बिहीबार भएको मतगणना अनुसार राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाएकी छन् ।

कोविन्द ७ लाख २ हजार ४४ मतसहित विजयी भएका छन् भने  मिरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ मत पाएकी छन् ।

नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्यसभा सदस्य भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments