बेइजिङ । सिक्किमसँग सिमाना जोडिएको डोक्लाम क्षेत्रमा भारतसँग तनाव चुलिएका बेला चीनले तिब्बतमा अत्याधुनिक हतियारसहित सैन्य अभ्यास थालेको छ ।

चीनमै बिकसित गरिएका अत्याधुनिक रकेट लन्चर र तोपसहित चीनको जनमुक्ति सेनाले केही दिनदेखि तिब्बतको ५१ सय मिटर उचार्इमा सैन्य अभ्यास थालेको हो ।

जनमुक्ति सेनाले तोपबाट गरिएको फायरिङ र सैन्य अभ्यासको भिडियो पनि सार्वजनिक गरेको छ। यसलार्इ चिनियाँ जनमुक्ति सेनाको लडाइँको पूर्वतयारीका रूपमा हेरिएको छ ।

भुटानसँग सिमाना जोडिएको क्षेत्रमा चिनियाँ पक्षले सडक निर्माण गरिरहेका बेला भारतीय पक्षले अवरोध गरेपछि दुर्इ देशबीच तनाव चुलिँदै गएको हो । हेर्नुहोस् भिडियो  >>>

Comments