नयाँदिल्ली । रेडियो सामन्यतया समाचार र गीत सुन्नका लागि बजाइन्छ । तर यही रेडियो कहिलेकाहीँ ज्यान लिने हतियार बन्छ भन्दा पत्याउन गाह्रो हुन्छ ।

यस्तै घटना भएको छ भारतको राजस्थान राज्यमा । राजस्थानमा एक व्यक्तिले रेडियो अन गर्नेवित्तिकै शक्तिशाली धमाका हुन पुग्यो । विस्फोट यति शक्तिशाली थियो कि ती व्यक्तिको शरीर टुक्रा टुक्रा भयो । शरीर टुक्रिएका उनलार्इ उपचारका लागि अस्पताल पुर्याएपछि ज्यान गयो । यो घटनाबारेमा पुलिस र एफएसएलको टोलीले जाँच गरिरहेको छ ।

समाचार अनुसार यो घटनामा मारिएका व्यक्तिको नाम हो, देवीलाल । देवीलाल पत्नी र बच्चासहित उदयपुरको गडिया देवरा इलाकामा बस्ने गर्थे ।
देवीलाल एक कार मेकेनिक थिए, उनकी पत्नी घरसँगै ड्राईक्लीनको पसल चलाउँथिन् । घटनाका बेला देवीलाल कामबाट फर्केर घर आएका थिए ।

घर पुगेपछि उनले टिभी बिग्रिएर नबजेको देखेपछि रेडियो सुन्नका लागि बसे । यो रेडियो देवीलाललार्इ एक सालअघि उपहारमा मिलेको थियो ।

देवीलालले घटना भएका दिन पहिलो पटक यो रेडियो समातेका थिए । देवीलालले जब रेडियो अन गरे तब एक ठुलो धमाका भयो । धमाका यति शक्तिशाली थियो कि बाहिर रहेका गाडीका शिशा पनि फुट्न पुगे ।

विस्फोटको आवाज सुनेर तल रहेका उनकी पत्नी र छिमेकी देवीलालको कोठामा पुगे । विस्फोटबाट देवीलालको टाउको, काँध र अनुहारको मासु बाहिर निस्केको थियो । घाइते अवस्थामा उनलार्इ अस्पताल लगियो, जहाँ उपचारका क्रममा उनको ज्यान गयो । यो घटनापछि आसपासको क्षेत्रमा सनसनी मच्चिएको छ ।

यो घटनाको सूचना मिलेपछि पुलिस घटनास्थलमा पुग्यो । मामला विस्फोटको भएपछि पुलिसले एफएसएलको टीमलार्इ खबर गरिदियो । अहिले यो टिम घटनाको जाँच गरिरहेको छ । आखिर रेडियोमा त्यस्तो कुन पदार्थ थियो र बम जस्तै शक्तिशाली विस्फोट भयो ।

जाँचकर्ता एफएसएल टिमले अहिलेसम्म विस्फोटमा प्रयोग बारूद भेटेको छैन । पुलिस अधिकारीले भने यसको जाँच गरेपछि विस्तृत विवरण बाहिर ल्याउने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments