एजेन्सी । भारतको अमरनाथ जाँदै गरेका तीर्थयात्री सवार बस दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरिएकोे छ । तिर्थयात्री बोकेको बस रामबनस्थित खाडलमा खसेको थियो ।

अमरनाथको यात्रा २९ जूनमा शुरु भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा दुःख व्यक्त गरेका छन् । मोदीले बस दुर्घटनामा परि घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments