कास्की । पोखरा महानगरपालिकामा आइतबारदेखि सवारीसाधनले हर्न बजाउन नपाउने भएका छन् । पोखरा लेखनाथ महानगरपालिकको असार १५ गते बसेको सरोकारवाला निकायको बैठकले साउन १ गतेबाट ‘नो हर्न जाने’ बनाउने निर्णय गरेअनुसार हर्न बजाउन नपाईने भएको हो ।

आइतबारदेखि नै माइकिङसमेत निषेध गरिएको छ । महानगरमा बढ्दै गएको ध्वनि प्रदुषण रोक्न हर्न र माइकिङ निषेध गरिएको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ ।

यसैबीच गण्डकी अञ्चलका यातायात व्यवसायीहरुले हचुवाको भरमा विना पूर्वाधानर ‘नो हर्न जोन’ घोषणा गरेको भन्दै हाफूहरुलाई मान्य नहुने बताएका छन् ।

यातायात व्यवसायीहरुले पोखराको सडकको स्तरोन्नती, बसपार्क निर्माण, आइल्याण्डहरु नघटाइकन राज्यले कर असुल्नका लागी माभै ‘नो हर्न जोन’ घोषणा गरेको आरोप लगाएका छन्  । उनीहरुले आफुहरुको सवारीसाधनलाई हर्न बजाएको बहानामा ट्राफिकले कारबाही गरे सम्पूर्ण सवारी साधन सडकमै तेस्र्याएर विरोध गर्ने चेतावनी दिएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन अञ्चल कमिटी गण्डकीले आयोजना गरेको यातायात व्यवसायीहरुको भेलामा बोल्दै व्यवसायीहरुले विना पूर्वाधार ‘नो हर्न जोन’ आफुहरुलाई मान्य नहुने बताएका हुन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments