आछाम । पहिरो खस्ने डरले अछामको रामारोशन–७, सुतारवासीको निन्द्रा खोसिएको छ । वर्षा सुरु हुनासाथ त्यहाँका १ सय १० १० परिवार ढुक्कले सुत्न पाएका छैनन् ।

गाउँमाथिबाट पहिरो खस्न थालेपछि पुरै बस्ती नै नरहने खतरा बढेको स्थानीय लालबहादुर विकले बताए । ‘ अब त झरी लाग्ने बेला भाये,‘उनले भने, ‘पानी पर्यो, भने आलोपालो सुत्नपर्छ । गाउँमा सल्लाह गरेर पालैपालो सुत्छौं । पानी पर्दा राति पहिरो खसेर गाउँ परिने डरले साविक सुतार गाविस–२,४, ५ र ७ वडाका स्थानीय तीन वर्षदेखि पूर्वसूचना गर्न आलोपालो गरेर रातभर पहरा दिँदै आएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments