रुपन्देही । यहाँको सियारी गाँउपालिका–२ सितापुरस्थित तिनाँउ नदीको किनारमा बुधबार दुईजनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भेटिएका ती शव केही दिनअघि तिनाउको बाढीले बगाएको जीपका यात्रुको हुनसक्ने अनुमान गरिएको छ ।

भेटिएका शवमा नाम, थर, र ठेगाना खुल्न नसकेका करिब ३५ बर्षीय पुरुष र ४० वर्षीया महिलाका रहेका छन् । दुवै शव खोला किनारमा सडिसकेको अवस्थामा भेटिएका हुन् ।    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments