काठमाडौं । गोरखाका एक युवा ठगी गर्दै हिँडेको अवस्थामा पक्राउ परेका छन् । अमेरिकन डलर साटी दिन्छु भनी ठग्दै हिँडेको अवस्थामा गोर्खाको धोर्जे नगरपालिका बस्ने ३० वर्षीय कबिराज सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सुनार लगायत ३ जनाको समूहले गोरखा फुजेल–६ घर भएका ४६ वर्षीय कृष्ण पन्तलाई फकाएर ३० हजार अमेरिकन डलर साटिदिने प्रलोभन पारेर ठगी गरी काठमाडौँको मुलपानीबाट भागेका थिए ।

प्रहरीका अनुसार उनीहरुले डलर साटिदिने लोभ देखाएर पन्तको साथमा रहेको नगद ५ लाख रुपैयाँ ठगी गरी भागेका अनुसन्धानबाट खुलेको छ । ठगीमा संलग्न अन्य २ जनाको खोजी भइरहेको र पक्राउ परेकालाई हिरसतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments