अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा आज छापा मारेको छ ।

अख्तियारबाट खटिएको टोलीले सुन्धारा  बागदरवारस्थित महानगरपालिकाको कार्यालयमा छापा मारि शंका लागेका कागजपत्रहरु जफत गरेको हो । महानगरपालिकामा अरबौंको भ्रष्टाचार र अनियमितता भएका हजारौं उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

अख्तियारबाट खटिएका ५० जना कर्मचारीले महानगरका प्रायः सबै शाखाबाट कागजपत्रहरु जफत गरेर मुचुल्का उठाएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीको प्रेस सल्लाहकार ओमबन्धु कार्कीले जानकारी दिनुभयो ।

Comments