प्रधानमन्त्री सुशील कोइरालाले उच्चस्तरीय राजनीतिक समितिमा अल्झिएर बस्न नहुने बताउनुभएको छ ।

चारबुदे सहमति अनुसार समिति गठनको माग गर्दै एकिकृत माओवादीसहितका विपक्षी दलहरुले संसद बैठक अवरुद्ध पार्दै आएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले  संविधान निर्माणको प्रकृयालाई गति दिनु पर्नेमा जोड दिनुभयो ।  उहाँले आपसी संवादबाट सबै खालका समस्याको समाधान गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्रीको स्वकीय सचिवालय, रासस, राधेराधे समूहले सहयोग गरेका छन् ।

Comments