काठमाडौं । मलेसियामा गैरकानुनी रुपमा काम गर्दै आएका १ सय ४ जना नेपाली पक्राउ परेका छन् ।

गैरकानुनी आप्रवासीविरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी पक्राउ अभियान अन्तर्गत २४ घण्टायता १ हजार ३५ जना पक्राउ परेकामा नेपाली पनि परेका हुन् ।

स्थानीय सञ्चारमाध्यमहरुमा उल्लेख भए अनुसार पेराकबाट ९ जना, केलाङ–कापरबाट ५ र जोहोरबारुका विभिन्न स्थानबाट ९० जना नेपाली पक्राउ परेका हुन् ।

मलेसियाली सरकारले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासीका लागि सञ्चालन गरेको दर्ता कार्यक्रमको समयावधि सकिएको भोलिपल्ट जुलाई १० देखि देशव्यापी धरपकड थालेको हो ।

अभियान सुरु गरेको २४ घण्टायता प्रमुख सहरहरु जोहोरबारु, पेनाङ, केलान्तान, क्लालम्पुर, मलक्का, पर्लिस, सारावक, पेराक, केडाह, नेगरी सेम्बीलान, पाहाङ र लाबुवानका विभिन्न स्थानमा छापा मारिएको र उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा नेपालसहित वंगलादेश, इन्डनेसिया, म्यानमार, पाकिस्तान, फिलीपिन्स, थाईल्यान्डलगायत विभिन्न मुलुकका नागरिक रहेका छन् ।

पक्राउ पर्नेमध्ये १ सय १ जना महिला र ३ जना बालबालिका समेत छन् । अन्य देशका नागरिकको तुलनामा पक्राउ पर्ने नेपालीको संख्या रहेको छ। पक्राउ परेकाहरुलाई कालोसूचीमा राखेर पुनः मलेसिया आउन नपाउने गरी उनीहरुकै देश फिर्ता पठाइने अध्यागमन अधिकारीहरुले बताएका छन् ।

अभियानअन्तर्गत १६ जना रोजगारदाताहरु समेत पक्राउ परेका जनाइएको छ । रोजगारदातासम्बद्ध संघ संस्थाले ‘दर्ता कार्यक्रम’को समयावधि थप गर्न आग्रह गरे पनि सरकारले त्यसलाई अस्वीकार गरिदिएको उल्लेख गरिएको छ ।

देशव्यापी धरपकड थालिएपछि गैरकानुनी आप्रवासीहरु थप त्रसित र बनेका  छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments