उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायतर्फको नतिजा सार्वजनिक गरेको छ । वैशाखमा सम्पन्न   विज्ञान संकायको परिक्षाको  आज नतिजा सार्वजनिक भएको हो ।

flashnews

नियमिततर्फ ३६ हजार सातसय २७ मध्ये २५ हजार ८ सय ६६ उत्तीर्ण भएका छन् । नियमिततर्फ ७० दशमलब ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षामा सहभागी ६ जनाको नतिजा स्थगित भएको र ८ जनाको नतिजा रद्द गरिएको परिषद कार्यलयले जनाएको छ   । त्यस्तै, आंशिकतर्फ परीक्षामा सहभागी ६ हजार ८ सय ४२ मध्ये २ हजार ६ सय २१ परीक्षार्थी उत्तीर्ण भएका छन् । ७ जनाको नतिजा रद्द गरिएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको  छ । आंशिकतर्फ भने  ३८ दशमलब २१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्  ।

परीक्षाको नतिजा एसएमएस गरेर पनि थाहा पाउन सकिन्छ। नतिजा सार्वजनिक भए लगत्तै HSEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५ ६६ मा एसएमएस गर्न सकिने ब्यबस्था गरिएको छ ।

Comments