रोल्पा । सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिकाको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले रोल्पा नगरपालिका वडानम्बर ७ को बालउदय मावि जंकोटबाट बिहानै मतदान गर्नुभएको हो ।

सोही केन्द्रबाट सभामुख घर्तीका श्रीमान् एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गर्नुभएको छ ।

यसैगरी माओवादी केन्द्रका नेता तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिकाको एक नम्बर वडाको मेवाङ केन्द्रबाट मतदान गर्नुभएको छ ।

माओवादीकी अर्की नेतृ जयपुरी घर्तीले राङ्सी केन्द्रबाट मतदान गर्नुभएको छ।

रोल्पामा १० स्थानीय तह छन् ।

Comments