काठमाडौं । आगामी साउन १३ गते रिलिज हुने प्रेमगीत २ का नायक प्रदीप खड्काले महँगो पारिश्रमिक लिएर उक्त चलचित्र खेलेको खुलासा गरेका छन् ।

प्रेमगीत चलचित्रबाटै डेब्यू गरेका खड्काले प्रेमगीत २ का लागि आफूले ८ लाख रुपैयाँ पारिश्रमिक लिएको दाबी गरेका हुन् । पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने टिभी कार्यक्रममा नायक प्रदीपले यस्तो खुलासा गरेका हुन् । साथै उनले अर्को चलचित्रकालागि आफूलाई १६ लाख रुपैयाँको अफर आइसकेको पनि बताए । तर एग्रिमेन्ट पेपरमा हस्ताक्षर गर्न भने बाँकी रहेको प्रदीप बताउँछन् । त्यसैले चलचित्रको नाम पनि उनले खोल्न चाहेनन् । प्रेमगीत २ का निर्माता सन्तोष सेन हुन् ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको प्रेमगीत २ मा प्रदीपको अपोजिटमा नयाँ नायिका अश्लेषा ठकुरी रहेकी छिन् । रिलिज अघि नै प्रेमगीत २ को गीत र प्रोमो दर्शकहरुले निकै रुचाएका छन् ।

Comments