काठमाडौँ । नेपालमा यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचनको सफलताको शुभकामना दिएको छ । काठमाडौँस्थित दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनमार्फत शान्तिपूर्णरूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने अवसर सबै जनतालार्इ मिल्नुपर्नेमा पनि जोड दिएको छ ।

ुस्थानीय तह निर्वाचनको दोस्रो चरणलाई स्वतन्त्र, स्वच्छ तथा पारदर्शी रूपमा सम्पन्न गर्नका निम्ति नेपाल सरकार, निर्वाचन आयोग, नागरिक समाज, राजनीतिक दल र नागरिक लगायत सबै सरोकारवालाहरूले गरेको प्रयत्‍नको संयुक्त राज्य अमेरिका उच्च मूल्याङ्कन गर्न चाहन्छु, विज्ञप्तिमा भनिएको छ, ुनिर्वाचनद्वारा नै नागरिकले आफ्नो राजनीतिक इच्छा व्यक्त गर्दछन् । यस अधिकारलाई नेपालको कानुन र संविधानका साथै मानव अधिकारको विश्‍वव्यापी घोषणाको धारा २१ मा प्रत्याभूत गरिएको छ ।ु

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उचित वातावरण निर्माण गर्न पनि अमेरिकाले सरोकारवालालाई आग्रह गरेको छ । ‘प्रदेश १, ५ र ७ का नागरिकहरूलाई स्थानीय जनप्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने अवसर मिलोस्’, अमेरिकाले भनेको छ ।

अमेरिकाले सबै पक्षहरूलाई अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता तथा नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिमको मतदाताको अधिकारलाई सम्मान गर्न पनि आग्रह गरेको छ । ुहामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आग्रह गर्न चाहन्छौँु, विज्ञप्तिमा भनिएको छ ।

शान्तिपूर्ण, समावेशी, व्यापक समर्थन(प्राप्‍त तथा विश्‍वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्नका लागि संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा भनिएको छ ।

Comments