काभ्रेको पनौति २ कि पुनम (नाम परिवर्तन) आफ्नै बाबु र हजुरबाउबाट पटक पटक बलात्कृत भइन् ।

११ वर्षदेखि बलात्कृत पुनमलाई १९ वर्षसम्म बाबु र हजुरबाउले बलात्कार गरिरहे । सहन नसकी बिष पिइन् । संयोगले बाँचिन् । बिष पिएपछि घटना सार्वजनिक भयो । बलात्कारको घटनालाई स्वय: उनकी आमाले पनि बाहिर ल्याइनन् । फाइदा उठाउँदै पुनम झन् बलात्कृत भइन् ।

अहिले अपराधी बाबु काभ्रे प्रहरीमा थुनामा छन् । पुनमलाई काठमाडौंको रक्षा नेपालले आश्रय दिएको छ । पुनमले बिष पिउनुअघि उनका बाबु र आमासँग टेलिफोन संवाद गरेकी थिईन । उक्त संवाद् सुन्दा नेपाली समाज कतातिर गइरहेको छ भन्नेमा ठूलो चिन्ता सिर्जना भएको छ । प्रस्तुत छ सोहि टेलिफोन सम्वादको सम्पादित अंश

छोरी: हलो ।
बाबु: किन ?
छोरी: एकछिन कुरा गर्नुछ ।
बाबु: हँ । किन ?
छोरी: मेरो जिन्दगीमा खेलवाड गरेर, मलाई बर्बाद पारेर तपाईं आनन्दले बस्नुभएको छ होइन ?
बाबु: भन्न छोरी तँलाई के भो ?
छोरी: तपाईंले किन मेरो जिन्दगीमा यसरी खेलवाड गर्नुभएको छ ? किन ?
बाबु: म साथीको घरमा छु । तँले के भन्न खोज्या ?
छोरी: मलाई बलात्कार गरेर मेरो जिन्दगीमा तपाईंले पल पल यसरी किन पीडा दिनुभयो ?
बाबु: के रे ?
छोरी: मलाई यसले पीडा दिएको छ । मर्नु न बाँच्नु भएको छ । दुई दुई वर्षसम्म कुटेर पिटेर मलाई किन बलात्कार गर्नुभयो ? के पाउनुभयो तपाईंले मलाई बलात्कार गरेर ? मलाई उत्तर चाहियो । उत्तर चाहियो । किन बाबुले बलात्कार गर्नुभयो ?
बाबु: तँ कहाँ छस् अहिले ?
छोरी: जहाँ भए पनि मलाई उत्तर चाहियो ?
बाबु: म आफैं विचल्लीमा छु । तैलेँ किन चाहिँदो नचाहिँदो कुरा गर्छेस् (अलि आत्तिएको स्वरमा) ।
छोरी: किन आफ्नै छोरीलाई बलात्कार गर्नुभयो ? मलाई यस्तो हालत छाडेर तपाईं ऐसआराम गरिरहनुभएको छ ? तपाईंलाई अलिकत्ति लज्जा आएन ?
बाबु: ए बाबा मैले त्यो कुरालाई महसुस गरिसकेँ त । त फेरि किन त्यहि कुरा उठाउँछेस् ।
छोरी: मलाई किन यस्तो पार्नुभयो ? मलाई उत्तर चाहियो ।
बाबु: तँ अहिले घरमा छैनस् ? अहिले मैले के भन्नु तँलाई ? ल ल तँ कहाँ छेस् भन् म अहिले आएँ ।
छोरी: मलाई उत्तर चाहियो ?
बाबु: त्यो कुरा फेरि उठाइस् भने राम्रो हुँदैन । चाहिने नचाहिने कुरा नगर ।
छोरी: म उठाइरहन्छु ।
बाबु: तँ घर छाडेर हिँड् । म केही जान्दिनँ ।

सम्वाद समाप्त ।

 

आमासँगको सम्वाद

छोरी: हलो ममी ।
आमा: किन हँ ?
छोरी: ममी तपाईं मलाई माया गर्नुहुन्न ?
आमा: हँ ।
छोरी: तपाईं मलाई माया गर्नुहुन्न भन्ने लाग्दैन ममी ।
आमा: किन हँ ?
छोरी: तपाईंले मलाई साँच्चिकै माया गर्नुभएको भए नि, मैले तपाईंलाई त्यो कुरा (बलात्कार)भन्दा किन केही गर्नुभएन ? मेरो बिमारीपनको फाइदा उठाउँदै त्यो कुकुरले बलात्कार गर्दा पनि तपाईंले किन केही भन्नुभएन ।
आमा: तँ अहिले कहाँ छेस् भन त ?
छोरी: हैन ममी, मलाई उत्तर चाहियो । उत्तर । तपाईंले मलाई किन कुट्नुभयो, पिट्नुभयो, दबाएर राख्नुभयो । किन ममी, किन ? त्यसले तपाईंकै अगाडि हो भनेर स्वीकार गरेको होइन ?
आमा: हो अब के गर्छेस् त ? तँ कहाँ छेस् भन् त ? के म आउनुपर्‍यो ?
छोरी: किन सपोर्ट गर्नुभएन ?
आमा: तँ घरमा छस् कि कहाँ छेस् भन त ?
छोरी: मलाई उत्तर चाहियो ?
आमा: (झर्कंदै) अनि के गर्नुपर्‍यो त ?
छोरी: तपाईंलाई भन्दा अब म मर्नबाट मुक्त पाउँछु भन्ने सोचेको थिएँ ममी । अब न्याय पाउँछु भन्ने सोचेको थिएँ । तर तपाईंले उल्टै कुटेर पिटेर दबाएर राख्नुभयो । किन, ममी किन ? किन सपोट गर्नुभएन ? कसरी बस्न सक्नुहुन्छ । आफ्नो छोरीलाई बलात्कार गर्दा तपाईं कसरी सहेर बस्नुभयो ?
आमा: तँ भन म अहिले आइहाल्छु नि । तँ कहाँ छेस् भन त ?
छोरी: मलाई उत्तर चाहियो ?
आमा: (अझै झर्कंदै) तँलाई अहिले नै चाहिएको हो ?
छोरी: हो अहिले नै चाहिएको हो ।
आमा: ल म भोलि आइतबार यो कुरा छिनोफानो गर्छु है । ल हिँड् धुलिखेल ।

सम्वाद समाप्त ।

Comments