मेलबर्न । अष्ट्रेलियामा नयाँ ड्राइभिङ्ग नियम लागू हुने भएको छ । भिक्टोरिया राज्यमा नयाँ कानूनबारे जानकारी दिंदै आगामी जुलाई १ देखि नयाँ ड्राइभिङ्ग नियम लागू हुने बताइएको हो ।

अबदेखि इमर्जेन्सी गाडी संगै गईरहेका गाडीले आफ्नो गति ४० कि.मि प्रति घण्टा गर्नुपर्नेछ । तोकिएको गतीभन्दा बढी स्पिडमा गाडी गुड़ाईरहेको पाइएमा २ सय ७७ डलर फाइन अथवा अदालती सजाय ७ सय ९३ डलर तिर्नुपर्नेछ ।

सडक मन्त्रि लुक डोनेलनले इमर्जेन्सी गाडीका चालकहरुले दुर्घटनाको सम्भावनाहरु बढी हुने हुँदा आफूहरुलाई काम गर्न अप्ठ्यारो भएको गुनासो गरेपछि यसो नियम ल्याएको बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments