बाजुरा । जिल्लाको छेडेदह गाउँपालिकामा आइतबार कांग्रेस र एमाले कार्यकर्ताहरूबीच भएको झडपमा एकजनाले ज्यान गुमाएका छन् ।

असार १४ गते हुने दोस्रो चरणको स्थानीय चुनावको मनोनयनका क्रममा छेडेदह गाउँपालिकामा झडप हुँदा एकजनाको मृत्यु भएको  हो ।

झडपका क्रममा गम्भीर भएका घाइते भएका एमाले कार्यकर्ता हंशबहादुर रावतको उपचारका लागि सदरमुकाम मार्तडी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मनोनयन गर्ने क्रममा मतदान अधिकृतको कार्यालय रहेको डोगडीस्थित स्वास्थ चौकीमा कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपमा ३० जना घाइते भएका छन् । जसमा एकजनाको अवस्था गम्भीर रहेको छ ।

मनोनयनका क्रममा दुर्इ पक्षबीच ढुगांमुढा भएर झडप हुँदा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments