काठमाडौं। यतिबेला च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आइतबार भारत र पाकिस्तान बीच हुने खेलले संचारमाध्यम र सामजिक संजाललाई तताएको छ । समर्थकहरु एकआपसमा भिडिरहेका छन् ।

यसैबीचमा आएको भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एक तस्बिरले सबैलाई आकर्षित गरेको छ । धोनीले पाकिस्तानका कप्तान सरफराज अहमदका छोरा अब्दुल्लाहलाई काखमा लिएको तस्बिरले सबैको ध्यान खिचेको हो ।

टेलिभिजन पत्रकार राजदीप सरदेसाईले सामाजिक सञ्जालमा धोनी र सरफराजका छोरा अब्दुल्लाहको तस्बिर पोस्ट गरेका हुन् । अब्दुल्लाहको जन्म गएको फेब्रुअरीमा भएको हो । सामाजिक सञ्जालमा धोनी र अब्दुल्लाहको तस्बिरमा राम्रो प्रतित्रिया आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments