काठमाडौं । नायिका पूजा शर्माले आफूलाई सधैं गायक सुगम पोखरेलसँग डर लागिरहने रहस्योद्घाटन गरेकी छिन् । आफैंले निर्माण गरेको चलचित्र म यस्तो गीत गाउँछुको ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा पूजाले यस्तो खुलासा गरेकी हुन् ।

निर्देशक सुदर्शन थापाको निकै महत्वकांक्षी भनिएको चलचित्र ’म यस्तो गीत गाउँछु’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा नायक पल शाह र नायिका पूजा शर्मा निकै खुशी देखिन्थे ।
कार्यक्रममा नायिका पुूजा शर्माले आफुले जहिले पनि गायक सुगम पोख्रेललाई सम्मान गरेको बताइन् । कहिलेकाहीं अरुको कुरा काट्ने गरेको स्वीकार्दै पूजाले सुगम पोख्रेलको भने आफूले कहिल्यै कुरा नकाटेको दाबी गरिन् ।
गायक पोख्रेलको स्कूल पाठशाला म्यूजिक भिडियोबाट अभिनय क्षेत्रमा पाइला चालेकी नयिका शर्माले अझै पनि गायक पोख्रेलको सामू उपस्थित हुँदा नर्भस हुने बताइन् । सुगमसँग आँखामा आँखा जुधाएर कुरा गर्न आँटै नआउने पूजाको भनाइ थियो । नायिका पूजाको मूखबाट आफ्नो एकोहोरो प्रसंशा सुनेर मख्ख भएका सुगमले पूजा लजालु स्वभावकी भएको खुलाए ।
कार्यक्रममा पूजाले गायक सुगम पोख्रेलको सम्मानमा चलचित्रमा समावेश ‘भन्छु आज’ बोलको गीत गाएकी थिइन् । सुदर्शन थापाले निर्देशन गरेको म यस्तो गीत गाउछु आगामी असार ३० मा रिलिज हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments