एजेन्सी । बेलायतमा संसदीय निर्वाचनमा प्रधानमन्त्री थेरेसा मे नेतृत्वको कन्जरभेटिभले बहुमत गुमाउने संकेत देखिएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टी सबैभन्दा ठूलो दल भने बन्ने मतगणना अघिका सर्वेक्षणहरुले देखाएका छन् ।

यता, बिपक्षी लेबर पार्टीले भने परिणाममा सुधार गर्दै केही सीट बढाउने देखिएको छ । संसदको ६ सय ५० सिटका लागि भएको निर्वाचनको सबै परिणाम आज(शुक्रबार)नै आउने छ । स्पष्ट बहुमतका लागि ३२६ सीट जरुरी पर्नेछ । कन्जरभेटिभले ३१४ सीटमात्र ल्याउने र १७ सीट नोक्सान हुने अनुमान गरिएको छ । जबकी लेबरले ३४ सीट बढाउँदै २६६ सीट ल्याउन सक्ने अनुमान छ ।

बेलायत यूरोपियन यूनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमत संग्रहमा बाहिरिने पक्षमा नतिजा आएपछि कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए । त्यसपछि सोही पार्टीबाटै थेरेसा मे नयाँ प्रधानमन्त्री बनेकी हुन् । संसदको समय अझै रहेपनि उनले तीन वर्ष अगावै निर्वाचन गराएकी हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments