एजेन्सी । बेलायतको लण्डनमा आतंकाकारी आक्रमण हुँदा कम्तीमा एकजनाको ज्यान गएको छ ।

लोकप्रिय लण्डन ब्रिजमा आक्रमण हुँदा अरु ६ जना घाइते भएका छन् । आक्रमणकारीको खोजी भइरहेको लण्डन प्रहरीले जनाएको छ । घटनापछि लण्डन ब्रिजमा ओहोरदोहोरमा रोक लगाइएको छ भने त्यस क्षेत्र भएर गुड्ने गाडीलाई डाईभर्सन गरिएको छ । प्रत्यक्षदर्शीले सडक पेटीमा हिँडिरहेका मानिसलाई लक्षित गरी सेतो रंगको भ्यान गुडाइएको बताएका छन् ।

यसैबिच लण्डन प्रहरीले आक्रमण भएको ब्रिज नजिकैको बजार क्षेत्रमा चक्कु हमला भएको र त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ । घटना भएको स्थान लण्डन रेलवे स्टेसन नजिकै पर्छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Comments