काठमाडौं । -यापर यमबुद्धको “पागलपन” बोलको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ। जेठ १६ गते यमबुद्धको जन्मदिन पारेर म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

साढे चार महिना अघि संसारबाट बिदा लिएका यमबुद्धको पागलपन बोलको गीतलाई नायक तथा निर्माता रेश मरहठ्ठाले निर्माण गरेका हुन्। उक्त म्युजिक भिडियोमा रेश आफैंले र नायिका प्रियंका कार्कीका साथै आशिमा अर्यालले अभिनय गरेका छन्। गीतमा म्युजिक भने शैलेश श्रेष्ठले दिएका छन्।

भिडियोको पोष्ट प्रोडक्सन तथा निर्देशन दिनेश जंग रानाले गरेका हुन्भने भिडियोको छायांकन राजेन्द्र समनले गरेका छन्।
यमबुद्धले नेपाली गीत संगीतको क्षेत्रमा हिपहप र -याप गीतसंगीतलाई चिनाएका थिए।

Comments