मेलबर्न। सन् २०१७ को शुरुको ४ महिनामा अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको संख्या ४ प्रतिशतले बढेको छ । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले विदेशीलाई कडाइ गरेपछि अष्ट्रेलियामा अध्ययन गर्न आउने विदेशको संख्या बढेको हो ।

मे २६ मा सरकारको शिक्षा तथा तालिम विभागले वर्षको सुरुको चार महिनामा विदेशी विद्यार्थीहरु १५ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो । वृद्धि भएका विदेशी विद्यार्थीहरुमा चीनका विद्यार्थीहरु ३० प्रतिशत, भारतका ११ प्रतिशत, र नेपाल, मलेसिया भियतनामका ४–४ प्रतिशत रहेका छन् । यसले गर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा २२ दशमलव ४ बिलियन डलर सहयोग पुग्ने देखिएको छ ।

विदेशी विद्यार्थीहरुले गर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा वार्षिक रुपमा न्यु साउथ व्हेल्समा ८ बिलियन डलर, भिक्टोरियामा ७ बिलियन डलर, क्विन्सल्याण्डमा ३ दशमलव २ बिलियन डलर, पश्चिम अष्ट्रेलियामा १ दशमलव ५ बिलियन डलर र दक्षिण अष्ट्रेलियामा १–१ बिलियन डलर सहयोग पुगेको छ।

Comments