काठमाडौं ।  काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको जित सुनिश्चित देखिएको छ । गन्न बाँकी मतभन्दा शाक्य र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राजुराज जोशीबीचको मतअन्तर संख्या धेरै छ ।

काठमाडौं महानगरमा अब १३ हजार मत गन्न बाँकी छ । तर, निकटतम प्रतिद्वन्द्वी र शाक्यबीचको मतअन्तर १७ हजार २ सय ४ छ । शाक्यका निटकतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी हुन् । उनले शुक्रबार बेलुकासम्म ४० हजार ६ सय ९० मत पाएका छन् । तर, शाक्यले ५७ हजार ९ सय ५७ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरमा एक लाख ९३ हजार मत खसेको थियो । त्यसमध्ये एक लाख ७० हजार मत गनिसकिएको छ । राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख दीपेन्द्र अधिकारीका अनुसार अब १०, १४ र १६ नम्बर वडाको मात्रै मत गन्न बाँकी छ । ‘महानगरपालिकाको मत करिब–करिब अब अन्तिम चरणमा पुगेको छ । अब तीनवटा वडाको मात्रै मत गन्न बाँकी छ ।

आइतबारसम्ममा सकिने हाम्रो अनुमान छ । मतगणनाको काम तीव्र गतिमा अघि बढेको छ,’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने । यसैबीच, शुक्रबार राति १० नम्बर वडाको मतपरिणाम सार्वजनिक भएको छ । सो वडामा कांग्रेसको प्यानलै विजयी भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments